बाढीपछि चीनमा अलपत्र नेपालीले कहाँ सम्पर्क गर्ने ? दूतावासले दियो यी नम्बर

  • प्रकाशित मिति : २०८३ भाद्र ११, बिहीबार
  • नेपाल टेल संवाददाता

भोटेकोसी नदीमा अचानक आएको भीषण बाढीका कारण नेपाल–चीन सीमा क्षेत्र अवरुद्ध भएपछि चीनमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउनका लागि बेइजिङस्थित नेपाली राजदूतावासले पहल थालेको छ ।

दूतावासले चीनमा अलपत्र परेका नेपाली नागरिकलाई आवश्यक समन्वय तथा सहजीकरणका लागि नेपाली महावाणिज्यदूतावास, ल्हासा वा नेपाली राजदूतावास, बेइजिङमा सम्पर्क गर्न अनुरोध गरेको छ ।



ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका युवराज क्षेत्रीसँग +८६ १३५४९०६७४८१ मा सम्पर्क गर्न सकिनेछ । साथै, cgnlhasa@mofa.gov.np मा इमेलमार्फत पनि सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

त्यसैगरी, नेपाली राजदूतावास, बेइजिङका सन्जु महर्जनसँग +८६ १८६१८१२९२१७ र राज कुमार साहसँग +८६ १८६१०३९४६८७ मा सम्पर्क गर्न सकिनेछ । दूतावासको इमेल ठेगाना beijing@nepalembassy.org.cn रहेको छ ।

दूतावासले सीमा क्षेत्रमा उत्पन्न अवरोधका कारण चीनमा रहेका नेपाली नागरिकलाई आवश्यक सहयोगका लागि सम्बन्धित निकायमा यथाशीघ्र सम्पर्क गर्न आग्रह गरेको छ ।